
काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ । कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिग्नल पनि सार्वजनिक गरिएको छ ।
एमालेको महाधिवेशन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ भने बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

संगालोखबर 













