
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचारका क्रममा आज मध्याह्न निधन भएको हो ।
उनलाई आइतबार अस्पताल भर्ना गरिएको जनाइएको छ । रामनारायणलाई पिसाबसम्बन्धी सङ्क्रमण देखा परेको थियो भने सङ्क्रमण शरीरमा फैलिएको थियो । साथै मस्तिष्कमा पनि असर देखिएको थियो । रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

संगालोखबर 













