
संखुवासभा । संखुवासभामा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि चयन भएका छन् । शनिबार भएको मतदानमा १० वटै पालिकाबाट सात जना प्रतिनिधि चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधिअन्तर्गत खुलातर्फ विदुर कुमार लिंथेप, खड्ग बहादुर राई र भविश्वर गुरुङ चयन भएका छन् । यस्तै महिलातर्फ सुनिता कटुवाल कार्की र उर्मिला नेपाल सुवेदी तथा युवातर्फ फुर्वा शेर्पा निर्वाचित भए ।
दलित क्लष्टरमा इन्द्रमाया बराइली सर्वसम्मत चयन भएकी जिल्ला निर्वाचन कमिटी संयोजक शान्ति कुमार दाहालले जानकारी दिए ।
सङ्खुवासभाको १० वटै पालिकामा मतदान केन्द्र बनाएर अवकाश प्राप्त शिक्षक तथा कानुन व्यवसायीको सहयोगमा निर्वाचन गरिएको थियो । संखुवासभामा तीन हजार ८३ मतदाता रहेकामा दुई हजार १९ जनाले मतदान गरेका थिए ।

संगालोखबर 













