संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ४५ रुपैयाँले बढेर तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!