
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार छ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













