संगालोखबर


काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो नाम, अभिव्यक्ति र राजनीतिक धारणा जोडेर विभिन्न भ्रामक र अपुष्ट  सामग्री फैलिएको भन्दै नेपाली काँग्रेसका युवा नेता डा .सुनील कुमार शर्माले आपत्ति जनाएका छन् ।

शर्माले आफूलाई जोडेर बनाइएका फेक सामग्री, तोडमोड गरिएको अभिव्यक्ति र अदालत, संविधान तथा लोकतान्त्रिक व्यवस्था जस्ता संवेदनशील विषयमा गरिएका मिथ्या दाबीहरू अत्यन्त चिन्ताजनक रहेको उल्लेख गरेका छन् ।

Advertisement

उनका अनुसार यस्ता कार्यले केवल व्यक्तिगत प्रतिष्ठामाथि आघात पुर्‍याउने मात्र होइन, लोकतान्त्रिक संरचना र सार्वजनिक विश्वासमै प्रहार गर्ने खतरा छ ।

शर्माले सबै सरोकारवाला, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चारकर्मीलाई तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न आग्रह गरेका छन् । उनले आफू सम्बन्धी आधिकारिक धारणा र जानकारी स्वीकृत डिजिटल प्लेटफर्महरू तथा विश्वसनीय स्रोतहरूबाट मात्र प्रकाशित हुने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!