संगालोखबर


विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मोरङको रंगेलीस्थित काली मन्दिर र दुर्गा मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र रङ्गेली नगरपालिकाको संयुक्त आयोजनामा आइतबार साँझ दुई हजार आठ सय दीप प्रज्वलन गरिएको हो ।

Advertisement

लैङ्गिक हिंसा अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव यादव प्रसाद दुलालले जानकारी दिए ।

दीप प्रज्वलनमा सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, महाशाखा प्रमुख दुर्गा भण्डारी बराल, रङ्गेली नगरपालिकाका मेयर दिलिपकुमार अग्रवाल, उपमेयर भूमा कुमारी पराजुली, प्रशासकीय अधिकृत प्रदिप कुमार साह लगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!