
धनकुटा । धनकुटा नगरपालिका-७ स्थित रमाइलो घुम्तीमा बस दुर्घटना भएको छ । अहिले केहीबेर अघि बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
घाइतेहरूलाई उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सुनसरीको रामधुनीस्थित पिंक लोटस इंग्लिस स्कुलबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी र शिक्षक लिएर आएको बस दुर्घटनामा परेको खुलेको छ । थप विवरण आउन बाँकी छ ।

संगालोखबर 













