कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रीहरु थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरु थप गर्ने तयारी गरेका हुन् । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । मन्त्रिमण्डल विस्तारका सम्बन्धमा मुख्यमन्त्री कार्कीले माओवादी प्रदेशका...
भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

विराटनगर । ओखलढुंगामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका ५६ वर्षीय पदमबहादुर बस्नेतको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । चिशंखुगढी–८ मा पर्ने रमिते भीर नजिक खानेपानीको पाइप मर्मत गर्ने क्रममा लडेर बस्नेतको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकृत प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए । भीरबाट करिब पाँच सय म...
ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

विराटनगर । ठूलो परिमाण गाँजासहित धनकुटाका एक युवक विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मा २५० किलो गाँजासहित उनी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गएराति करिब ११ बजेतिर धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवश राईलाई पक्राउ गरिएको हो । केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको भ्यानमा राखिएको उक्त परिमाणको गाँजासहि...
कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

विराटनगर । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही क्षेत्रमा आज पानी पर्ने सम्भावना छ । केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्...
‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

विराटनगर । कोशी प्रदेशको बजेटको तयारी तथा सुझाव संकलन सम्बन्धमा आज बसेको प्रदेश सभाको अर्थ समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट राय सुझाव प्रस्तुत गरिएको छ । महासंघले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको ध्यानाकर्षण गराएको छ । आर्थिक क्षेत्रमा कोशी प्रदेश अरु प्र...
राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाईं

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाईं

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाईं चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईंलाईं प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभाका हालका सभामुख अम्बरबहादुर विष्ट थिए । गत पुस २४ गते विष्ट सभामुखमा चयन भएपछि उक्त पद खाली थियो । यस्तै, राप्रपा संसदीय दलको उप–नेतामा प्रेमराज थाम्सुहाङ चय...
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री कार्की

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । आज विश्वासको मत पाएसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सात दिनभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताएका हुन् । एक–दुई दिन भित्रमा आन्तरिक कुरा मिलाएर ढिलोमा साताभित्र सरकारलाई पूर्णता दिने उनले बताए । ‘मन्त्रालयको संख्या अहिले थपिँदैन’, उनले भने, ‘एमाले र माओवादीबीच मन्त्राल...
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । ६२ जना सांसद उपस्थित रहेको प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले ५७ सांसदबाट विश्वासको मत पाएका हुन् । एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ३ र जसपाका १ सांसदले सांसदले पक्षमा मत दिएका हुन् । बैठकमा उपस...
मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरुसमक्ष विश्वासको मत दिन मागेका छन् । उनले प्रदेशसभामा सहभागी सबै दलका सांसदलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । निर्धारित समयभन्दा करिब अढाइ घण्टा ढिला गरी सुरु भएको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले आफूले सांसदहरुको भरोसा टुट्न नदिने साथै प्रदेशबासीको शीर झुक्न नदिने भन्दै विश्वासको मत दिन आग्रह गरे । सर्वोच्च अद...
कोशी प्रदेशसभा बैठक सुरू

कोशी प्रदेशसभा बैठक सुरू

विराटनगर । कोशी प्रदेशसभा अधिवेशनको बैठक सुरु भएको छ । बिहान ११ बस्ने भनिएको बैठक करिब अढाइ घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ । बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सांसदहरुसमक्ष आग्रह गर्दै धारणा राख्ने कार्यक्रम छ । एमाले र माओवादीका गरी ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएक...
कोशी प्रदेशसभा बैठक बस्न ढिलाइ

कोशी प्रदेशसभा बैठक बस्न ढिलाइ

विराटनगर । बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको छ । बजेट अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ । प्रदेशसभा सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने जानकारी दिएको थियो । बैठकमा मुख्यमन्त्री कार्कीले दर्ता गराएको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको थियो । यसैगरी, बैठकमा प्रदे...
कोशी प्रदेशको अधिवेशन आज, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

कोशी प्रदेशको अधिवेशन आज, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशको अधिवेशन आज बस्दैछ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । यसका लागि प्रदेश सभा सचिवालयले कार्यसूची प्रकाशित गरेको छ । बिहान ११ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्ने तय भएको हो । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पे...
झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापा । झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेकी उनले झोलामा लुकाएर राखेको अवस्थामा दुई किलो ५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । चाँदीको दुई वटा डल्लो फेला परेको हो । उनको साथबाट भारतीय रुपैयाँ २८ हजार ५ सय पनि बरामद भएको छ...
कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध परेको रिट निवेदनमाथि सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले जेठ ९ गते अर्को सुनुवाइको मिति तोकेको छ । फुयालको इजलासले ५ बुँदे आदेश जारी गरेको छ । इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन भनेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै हिजो बिहीब...
आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको उपाधिनजिक पुग्न सफल भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ३–० गोलले निराश पार्दै झापा फाइनलमा पुगेको हो । आज विजयी हुँदै बिर्तामोड युनाइटेडले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग फाइनलमा भेट पक्का गरेको छ । बिर्तामोड युनाइटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । बिर्तामोडका जर्सी नम्...
सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

विराटनगर । आरोहण गुरुकुलको आयोजनामा विराटनगरमा दुई दिने विराट वाङ्मय उत्सव सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा उत्सव सुरु भएको हो । उत्सवको आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्...
कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । नवगठित कोशी प्रदेश सरकारको सिफारिसमा उनले आज अधिवेशन आह्वान गरेका हुन् । हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । मुख्यमन्त्री कार्की तथा नवनियुक्त मन्त्रीहरु राम राना र गणेश उप्रेतीले प...
कोशी सरकार गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

कोशी सरकार गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

विराटनगर । नयाँ सरकार गठनलाई असंवैधानिक भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । कार्कीका तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले हिजो सर्वोच्नामा रिट दर्ता गराएकी थिइन् । नयाँ सरकार गठनविरुद्ध दायर भएको उक्त रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश ...
कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

विराटनगर । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन भइरहेको छ । त्यसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा आज चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी र...
कोशी प्रदेशसभाको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउने तयारी

कोशी प्रदेशसभाको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउने तयारी

विराटनगर । कोशी प्रदेश सरकारले बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की र मन्त्रीहरुले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयअनुसार बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष अनुरोध गरिने जनाइएको छ । बैठकले कोशी प्रदेश सरका...
हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

विराटनगर । झापा क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित हिक्मतकुमार कार्की कोशी प्रदेशको तेस्रो पटक मुख्यमन्त्री बन्न सफल भएका छन् । आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट नियुक्त उनले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् । यसअघि पनि दुई पटक मुख्यमन्त्री बनेका कार्कीले सत्ता राजनीतिमा देखिएको फेरबदल र दलीय गठबन्धन परिवर्तनका कारण पूरा अवधि काम गर्न भने पाएनन् । आज मुख्यमन्त्रीको...
मुख्यमन्त्री कार्कीले लिए शपथ, उप्रेती र राना मन्त्री नियुक्त

मुख्यमन्त्री कार्कीले लिए शपथ, उप्रेती र राना मन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् । आफूले शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री नियुक्त गरेका छन् । माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरलाई उनले मन्त्री नियुक्त गरेका हुन् । उनीहरुका लागि हाल मन्त्रालय तोकिएको छैन । दुवै मन्त...
निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट

निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया असंवैधानिक भएको दावी गर्दै परेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले उक्त रिट दायर गरेका हुन् । केन्द्रमा राजनीतिक गठबन्धन फेरिएसँगै प्रदेश सरकार परिवर्तन हुने अवस्था आएको थियो । एमाले र माओवादीले कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठन गर्ने पहलस्वरुप प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित ग...
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारको तेस्रो पटक नेतृत्व गर्ने अवसर पाएका छन् । उनलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले एमाले र माओवादी केन्द्रका समेत गरी प्रदेशसभाका ५२ जना सदस्यहरुको समर्थनसहित आजै मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। उनको सम...
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दावी पेश

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दावी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री बन्नका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् । एमाले र माओवादी केन्द्रका सहित गरी ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उनले आज दावी पेश गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दावी पेश गरेका छन् । प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बज...
मुख्यमन्त्रीका लागि दावी पेश गर्दै एमाले संसदीय दलका नेता कार्की

मुख्यमन्त्रीका लागि दावी पेश गर्दै एमाले संसदीय दलका नेता कार्की

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गर्ने तयारी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रका सहित गरी ५२ जना सांसदको समर्थनमा दावी पेश गर्ने तयारी गरेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार गएराति नयाँ सरकार गठनको आह्वान गरेका थिए । त्यसअनुसार आजै कार्कीले दावी पेश गर्ने उनीनिकट स्रोतले जनाएको छ । यसअघि दुई पट...
कोशी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

कोशी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् । नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश...
कोशी प्रदेशसभाको बैठक जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई अनुरोध

कोशी प्रदेशसभाको बैठक जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई अनुरोध

विराटनगर । कोशी प्रदेश सरकारले जेठ ११ गते बजेट अधिवेशन आह्वान गर्न अनुरोध गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई उक्त दिन बजेट अधिवेशन बोलाउन अनुरोध गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता कानुनमन्त्री शमशेर राईले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने मन्त्रिपरिषद बैठकमा निर्णय भएको जानकारी दिए । मन्त्रिपरिषदको निर्णयअनुसार मुख्...
विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते वृहत् साहित्यिक कार्यक्रम ‘विराट वाङ्मय उत्सव’ हुने भएको छ । हाटखोलास्थित गुरुकुल परिसरमा कविता वाचनका साथै अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरुमा छलफलसमेत गरिने भएको आयोजक आरोहण गुरुकुलले जनाएको छ । उत्सवको उद्घाटन २८ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने तय भएको छ । उद्घाटनपछि उत्सवमा समेटिएका साहित्य र कलाका विभिन्न विधाक...
कोशी खेलकुद बोर्डका सदस्य सचिवसँग स्पष्टीकरण माग

कोशी खेलकुद बोर्डका सदस्य सचिवसँग स्पष्टीकरण माग

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ । केही दिनअघि अदालतले पुनर्वहाली गरेपछि बस्नेतले पदभार ग्रहण गरेका थिए । सामाजिक विकासमन्त्री समेत रहेका कोशीका मुख्यमन्त्री केदार कार्कीले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न हिजो भनेका छन् । बस्नेतमाथि लाभको पदमा बसेर प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचन आयोगला...
महासंघ कोशी प्रदेशको गुनासो, ‘आर्थिक कारोबार खुम्चियो’

महासंघ कोशी प्रदेशको गुनासो, ‘आर्थिक कारोबार खुम्चियो’

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आगामी बजेटका सम्बन्धमा सुझाव पेश गरेको छ । अर्थ मन्त्रालयको राजश्व परामर्श समितिलाई महासंघका तर्फबाट सुझाव बुझाइएको हो । महासंघ कोशी प्रदेश समितिका तर्फबाट कर तथा राजश्व समितिका सभापति देवकीनन्दन अग्रवालले ३० बुँदे सुझाव बुझाएका हुन् । उक्त सुझावमा कर, आय कर, मूल्य अभिबृद्धि कर, लेखा परीक्षण, अन्तःशुल्क लगायतका विषयमा विभिन्न बुँदा उल्...
error: Content is protected !!