मोरङको रंगेलीमा २८ सय दीप प्रज्वलन (फोटो फिचर)
विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मोरङको रंगेलीस्थित काली मन्दिर र दुर्गा मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र रङ्गेली नगरपालिकाको संयुक्त आयोजनामा आइतबार साँझ दुई हजार आठ सय दीप प्रज्वलन गरिएको हो ।
लैङ्गिक हिंसा अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव यादव प्रसाद दुलालले जानकारी दिए ।
दीप प्रज्वलनम...






























