संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की र मन्त्रीहरुले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

बैठकको निर्णयअनुसार बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष अनुरोध गरिने जनाइएको छ । बैठकले कोशी प्रदेश सरकारको प्रवक्ताका रुपमा मन्त्री रामबहादुर मगरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद बैठकले पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माणसम्बन्धी ७ सदस्यीय एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय पनि गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!