संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले जेठ ११ गते बजेट अधिवेशन आह्वान गर्न अनुरोध गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई उक्त दिन बजेट अधिवेशन बोलाउन अनुरोध गर्ने निर्णय गरेको हो ।

Advertisement

कोशी प्रदेश सरकारका प्रवक्ता कानुनमन्त्री शमशेर राईले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने मन्त्रिपरिषद बैठकमा निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयअनुसार मुख्यमन्त्री केदार कार्कीले बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई आजै पत्राचार गरेका छन् । यसअघि मुख्यमन्त्रीले आजका लागि अधिवेशन बोलाउन अनुरोध गरेका थिए ।

मुख्यमन्त्री कार्कीद्वारा प्रदेश प्रमुख खापुङलाई पठाइएको पत्रमा यसअघि प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गर्न अनुरोध गरिए पनि हालसम्म नबोलाइएको भन्दै जेठ ११ गते ११ बजे बैठक आह्वानका लागि आग्रह गरिएको छ ।

संविधानको धारा १६६ को उपधारा २ अनुरुप अघिल्लो पत्रअनुसार नै पूर्व बजेट छलफल लगायत महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गर्न अनुरोध गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!