संगालोखबर

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । लागूऔषधिको कारोबार भइरहेको भन्ने सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई दमक नगरपालिका–२ मा पक्राउ गरेको थियो ।

Advertisement

राति करिब १० बजे प्रहरीको टोली निगरानीका लागि त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्लास्टिकको ३० वटा पोकामा राखिएका ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको ब्राउन सुगर ७ ग्राम ५१० मिलिग्राम तौलको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!