- सञ्जु सुबेदी

हुईया हुईया सररर हुईया, सरर हुई
मचाई–मचाई खेलौला भनेको थिए लिङ्गे पिङ
लिङ्गो मर्काई–मर्काई
हो चा चा हुई ……

Advertisement

दशैं आयो यो पाली नि पाइन है जान म त घर
कोरोनाको डर छ रे नि पस्न दिन्न रे नि घर

खसी काटी भुटन, मासु, रक्ती चिउरा मोलेर
खाउला भनी साचेको थिए हाती–हाती गनेर

बुढा हजुरबा र माले देको आशिष लिन्छु भनि
आमा–बुवा सम्झी भाई बहिनी राखे लुगा किनि

अविरसँगै दही मोलि मुसेका राता टीका पनि
लाउन नपाई बस्ने भयो परदेशमा नै निदार खाली

हुईया हुईया सररर हुईया, सरर हुई
मचाई–मचाई खेलौला भनेको थिए लिङ्गे पिङ
लिङ्गो मर्काई–मर्काई
हो चा चा हुई ……

दसै आयो यो पाली नि पाइन है जान म त घर
कोरोनाको डर छ रे नि पस्न दिन्न रे नि घर

आँगन भरी फुलेका ती मखामलि सयपत्री सँगै
खेल्ने रहर थियो सथीभाई देउसी भैलो रमाउँदै

फोर्छु भन्थिन् बहिनिले ओखरमा सबै मेरा बाधा
उन्छु भन्थिन् सयपत्री मखमली रंगीचंगी माला

उनेका ती रंगीचंगी माला लगाई गला सजाई
लाउन पाईन सप्तरङ्गी टीका निदार रङ्ग्याई

दशैं आयो यो पाली नि पाइन है जान म त घर
कोरोनाको डर छ रे नि पस्न दिन्न रे नि घर

मचाई–मचाई खेलौला भनेको थिए लिङ्गे पिङ
लिङ्गो मर्काई–मर्काई
हो चा चा हुई ……

यस्तै भयो रमाउँनु पर्देसिएकासँगै सबै साथीभाई
यहीँदेखि आशीर्वाद छ है मेरो प्यारो नातीलाई
बाँचे भने अर्को साल शिरमा हात राखी
दिउँला आशिष सम्झी–सम्झी गनी मुरी–मुरी

हो …….. हुईया हुईया सररर हुईया, सरर हुई
बच्यो भने खेलौला है अर्को साल लिङ्गे पिङ
लिङ्गो मर्काई–मर्काई
हो चा चा हुई ……

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!