- शोभा दाहाल (बराल)

घन्क्यो संकट धुन यो जगतमा सन्त्रासको वेगले
बढ्दै छन् दिन रात विश्व भरमा लाखौँ बिरामी मरे
बाँझो भैदियो उर्बरा धरणी यो मान्छे बिचल्ली किन ?
बुज्दैछैन करुण भाव यसले मान्छे रुवायो किन ?

Advertisement

बाटैमा अनि बस्छ जो मनुज यो आशा भरोसा गरी
जान्छु आश्रम त्यै भनेर झुपडी रित्ता भकारी भरी
छोयो रे अब विश्वमा दिन-दिनै मान्छे गयो मासिन
को हेर्ला अब त्यो गरिब जनको कस्तो विपद्को दिन ।

सङ्घार् नाघिसक्यो निचोरी बलले ढोका सबै बन्द छन्
क्षत्विक्षत् मन पार्दियो मनुजको ओछ्यानमा थाल छन्
कस्तो युद्ध चल्यो चल्यो जगतमा जाग्यो कोरोना हुरी
कैलेसम्म उजाडिने जगतमा राखेन यसले दुरी ।

बन्दैथे दिन रात विश्व जगमा खोज्दै आविश्कारको
रच्दैथे परिकल्पना सहितको विज्ञानले विश्वको
खै के जित्न सकिन्न आखिर यहाँ खोज्ने गर्‍यौ तर्खर
ध्वस्तै पार्छ कि क्यै नराखी जनमा काँप्यौँ सबै थर्थर ।

ऊर्जाशील यी हातको पनि अबै विश्राम मिल्दै छ कि?
मार्‍यौँ आँट भने बनी उपज यो पासा खेलाउँछ
पैसाले पनि हिम्मतै गरी यहाँ यो रोग झुक्दैन त ?
ज्याद्रो भै कन डुल्छ आज दुनियाँ यात्रा नि रुक्दैन त ?

कस्तो खेल रचेछ आज यसले हार्ने कि जित्ने यहाँ
राखौँ माग भने गराई बलले भो कोरोना यो नयाँ
आँटौँ विश्व बचाउनै समरमा क्यै शक्ती मिल्दैन त ?
हाम्रो मेल र एकता भइदिए भाईरस झुक्दैन र ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!