सुष्मा ढकाल

कोही भन्छन् छोटो लुगाको कारण हुन्छ बलात्कार
तर किन यहाँ पुरा शरिर ढाक्नेकै हुन्छ बलात्कार

Advertisement

फेरि भन्छन् जवानी देखाउनेहरू जिम्मेवार
तर किन यहाँ चार वर्षका बालिकाको हुन्छ बलात्कार

फेरि भन्छन् घरदेखि बाहिर जानु ठीक हुँदैन
तर किन यहाँ घरभित्रै हुन्छ बलात्कार

फेरि भन्छन् आधुनिकता धेरै भएमा हुन्छ बलात्कार
तर किन यहाँ गाँउले महिलाहरूकै हुन्छ बलात्कार

फेरि भन्छ सरकार रोक्नुपर्छ बलात्कार
तर किन दिन–दिनै हजारौ नाबालिका मारिदा चुपचाप बस्छ सरकार

चेलिको चित्कार कहिले सुन्ने सरकार
मारिएका हजारौ बालिकाले न्याय कहिले पाउने सरकार

दिनदिनै हजारौ आमाका काख रित्तिएका छन्
तर किन बलात्कारीलाई फाँसीको कानून बनाउन सक्दैन सरकार

यदि छोरी जन्माउनु नै अभिशाष हो भने
छोरी जन्माउन मनाही छ भनेर घोषणा गर सरकार
हैन भने बलात्कारीलाई फाँसीको कानून बनाईदे सरकार

कान खोलेर सुनिदे सरकार बलात्कारको सिकार भएर मारिएकाहरूको चिच्याहटलाई
आँखा खोलेर हेरिदे सरकार रगतमा लतपतिएर, कपडा च्यातिएर मारिएका ती बालिकाहरूलाई

प्राणभन्दा प्यारा छोरी कहिले उखुबारी त कहिले मन्दिरमा मारिदा
त्यो आमालाई कति पीडा भएको होला बुझिदे सरकार
अब छोरीहरूलाई हाम्रो देशमा स्वतन्त्र भएर बाँच्न पाउने कानून बनाईदे सरकार

बलात्कारीलाई फाँसीको कानून बनाईदे सरकार
छोरीहरूलाई डर त्रासमुक्त भएर बाँच्न पाउने कानून बनाईदे सरकार

चेलिको चित्कार कहिले सुन्ने सरकार
बलात्कार भएर मारिएका नाबालिकाहरूलाई चाँडै न्याय दिलाईदे सरकार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!