- सुजन बुढाथोकी
सुजन बुढाथोकी, रतुवामाइ मोरङ्ग

फ्रिजमा राखेर चिसिएका
समानहरु झै
अनायासै किन चिसिए आज
हाम्रा समबन्धहरु !

मैले सोचे थे
प्यारको आग बालेर
उपहारमा तिमिलाई
सुगन्धित रागहरु दिउला
तर अफसोच,
समयको बतास,
आँधी भएर आयो
र निभायो हाम्रा सम्बन्धहरु
सेलाएको चिसो पानी झै
अनि बनायो खरानी
हाम्रा सम्बन्धहरुलाई

Advertisement

फ्रिजमा राखेर चिसिएका
समानहरु झै गरेर
अनायासै आज चिसिए
हाम्रा सम्बन्धहरु !

पहिला पहिला कति धेरै तात्तिएका थिए
हाम्रा सम्बन्धहरु
म मैन हुदा तिमी आगो भएका थियौ
र त ततायौ कयौं रातहरु ।
कति रङ्गिए आँगनहरु
र कति बालिए हामिहरुलाई
बिजय उत्सव र उमङ्गहरुमा
बिस्तारै म पग्लिए
र बिस्तारै तिमी टाढियौ
म बाटै,
मेरो अस्तित्वबाटै
तिमी आगो भएर पनि यार मसँग चिसियौ
ए तिमिलाइ याद छ त्यो रात !
सबैभन्दा तातो तिमी थियौ ।

र त ततायौ कयौं रातहरु
खुवायौ पकाएर भातहरु
के तिमिलाइ थाहा छ
म अगेनो हुदा
तिमी चुलो भएका थियौ

तर, अब हाम्रो रहरको चुल्हो कैले पनि बल्दैन
तर, अब हाम्रो घरको अगेनो कैले पनि जल्दैन
मैले सोचे जीवनभर हामि त्यसैगरी तातै रहुला
र प्रेमिल धुवाहरु उढाउला
तर, अफसोच अहिले हेमन्त शिशिरमा
खुल्ला आकासको
शीत लहर परेर एकसाथ अनिकालमा झरेर
सर्बहाराको घरमा निबेको चुल्हो झै गरी
खै के मिस्सिए–मिस्सिए
र चिस्सिए हाम्रा सपनाका स्टोबहरु
चिस्सिए मनन्च्यासे
पेटहरु
बचाइराख्न
दौडिरहे हाम्रा दाजुभाइका भोकहरु
प्रेवेशद्वारको गेटबाट भारतको बाटो हुदै
र फैलिरहे यो देससँगै
गरिवी र बेरोजगारीका दुर्गन्धहरु
फ्रिजमा राखेर सेलाइएका सामानहरु झै
सरकार किन चिस्सिरहे हाम्रा सम्बन्धहरु ?

हो चिस्सिरहे हाम्रा सम्बन्धहरु ।
मैले सोचे थे,
तिम्रा स्मृतिहरुमा
मेरो मातृभूमिमा
म अबिस्मरणीय भएर उभिउला
र जब म
जमिनमा मेरा कसिला पैतालाहरु टेकेर
उभो उभिरहेको थिए
तर अफसोच,
यो समयले प्रलय भएर आयो
भुँइचालो भएर आयो
र लढायो मलाइ
र तिमी त्यही समाचार सुनेर हरायौ
त्यही समयमै
र भुलियौ भुँइचालोसँगै ।

तिम्रा ती राता ओठ चुमुला
मैले सोचे थे तिमिलाई
फ्लावर बनाएर म बटरफ्लाइ बनुला
र पछि बिस्तारै तिमी
मेरो रहरले फूल पनि भयौ
र म भमरा भए
तर, अफसोच
ती बगैंचाका ढोकाहरु हुदै
तिम्रो दिलको द्वारमा
म आउनु अघि नै
ती मान्छेहरुले तिमिलाई चुडिसकेका थिए ।

मैले सोचे थे सरिता, सूर्य भएर
म तिमिलाइ तताउँला
र तिमिलाइ मेरो आकासमा सजाउँला
तर, अफसोच
बादल मेरो आँखै अगाडि आएर बसिदियो
र ढाकिदियो मेरा हरेक अङ्गहरु ।

तिमि पानी न थियौ
यसैले उभो फर्कियौ
तिम्रो के दोष ?
कसैले भाँडोमा राखेर तिमिलाई
मुनिबाटै आगो लगायो
र त तिमी उम्लियौ !
माथि–माथि छछल्कियौ
र भुँइमा पोखिएरै सकियौ

जब आकाशबाट खसाएर
ईश्वरले पृथ्वीमा पठाइदियो
मलाई बिस्वास थियो
तिमिलाइ देख्ने, पाउने र भेट्ने
जति–जति तिमिलाई भेट्ने अभिलाषा राखिरहे
उति–उति तिमि म बाट टाढियौ
र म आउनु अघाबै
मेरा यादहरुमा
मेरा दिमाखहरुमा
तिमी बाफ भएर उढिदियौ
र बसिदियौ फेरि त्यही आकाशमा गएर
तर मलाइ के थाहा त्यो मिराज हो भनेर
के थाहा छ तिमिलाई
मैले कति पटक सम्झिए
के तिमिलाई थाहा छ !
बगरमा आएर म कति पटक तड्पिए
जुन बखत,
तिम्रो प्यासमा म मृग भएको थिए ।

र अन्तत मैले सोचे थे, तिम्रा लागि
म यो जगतकै एक आकर्षक व्यक्तित्व बनुला
तर अफसोच,
यो दुनियाँ मेरो अगाडि चुम्बक भएर उभियो
खिया लागेका कवाडी फलामहरु झै गरेर
बिस्तारै बिस्तारै खिइए म
र बिस्तारै सकिए हाम्रा सम्बन्धहरु ।
फ्रिजमा राखेका सामानहरु झै चिस्सिए हाम्रा सम्बन्धहरु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!