- लक्ष्मी पोखरेल

डोल्मा र रितेश चिकित्साशास्त्र पढ्ने सहपाठी र मिल्ने साथी पनि हुन् । एक अर्कालाई पढाईका दुख–सुख साटासाट गर्छन् । डोल्को थातथलो सोलुखुम्बुको कुनातिर छ । पर्वतारोहीहरूका भरीया बाको अलिकति सहयोग र अलिकति फ्रिसिपमा डाक्टरी पढ्न पाएकी हो ।

विहार, दरभङ्गाको रितेश भने विदेशी छात्र कोटामा नोबेल अस्पतालमा पढ्न आएको छ । रितेशको घर परिवार धरै नै धना्ढय छ । दुबैको पढाई, उमेर, रुचि मिले । मन पनि मिल्यो । इन्टर्नसीपसमेत सकिएपछि रितेसले डोल्मासित बिहे गर्न चाहेको प्रस्ताव राख्यो । डोल्माले जीवन निर्वाह गर्न हतारिएर निर्णय गर्न मानिन । भनी, तिम्रो घर परिवार देखाउ, भेटाउ । तिम्रो मेरो विचार मिलेर हुन्न । विवाह हतारिएको निर्णयले हुँदैन । विवाह आफैँमा एउटा संगठन हो जसमा परिवारहरूको सम्मिलन हुन्छ ।

घरमा, डोल्मा सेर्पाबाहेक अर्की केटी कल्पना गर्नै नसक्ने सुनाउँदा राजपुत परिवारभित्र भुकम्प चल्यो । यता डोल्माको आमाबुवाले तिम्रो खुसी नै हाम्रो खुसी भन्दै सहमत भए । रितेशको बहिनीको बिहेमा डोल्मा उनको घर दरभंङ्गा गइन् । पूराना घरानियाका ठूलो हवेली, उच्च सम्पनता र वैभव जताततै झल्किने । कडा नीति नियम । बुहारीले यो गर्नु हुन्छ, यो गर्नु हुन्न । घरमा उसले जी हजुरी हवस्, हुन्छ बाहेक बोली फरक सुनिन । जीवनमा कुनै कुराको कमी नहुनेदेखि त्यो घरको रितिरिवाज, घुम्टोभित्र थुनिएकी बुहारीले सासू–ससुरा, जेठाजुलाई गर्नुपर्ने अति आदरभाव ।

सम्पन्नताले परिपूर्ण जमिन्दारको परिवारभित्र बन्देजका धेरै सीमारेखा रहेछन्, चिसो र उन्मुक्त हिमाली हावामा कावा खाएको डोल्माको मनलाई ती सबै साङ्ग्लो लागे । डोल्माले आफूलाई त्यो परिवार र आफ्नो बुवा आमालाई सम्झी । बसेको घर घडेरी जाकटी राखेर पढाई खर्च जुटाएको सम्झी यस्तो परिवारसित मेरो विवाह ???

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!