- सञ्जु सुबेदी

देश
यो देश हो
यो देश सगरमाथाको देश हो
देश भन्दा पनि यो नेपाल हो
वीर गोर्खालीको पहिचान हो
हिमाल, पहाड र तराईका
खोलानाला,डाँडाकाँडा र मैदानको सुन्दर शान हो

Advertisement

यो देश देश त्यत्तिकै बनेको होइन
पुर्खाहरुको त्याग र संघर्षको बलिदानले बनेको हो
वीर गोर्खाली राजा पृथ्वीनारायण शाहको देन हो
र हामी सबै यहि देशमा जन्मिएका छौ
अनि यहि देशमा हुर्किएर, यहि देशमा बसेकाछौ
यहि देशको माटोमा खेलेर
नेपालीको पहिचान बनाई
गोर्खालीको पहिचान बनाई
हाँसीरहेछौ, बाँचिरहेछौ, खेलिरहेछौ, रमाई रहेछौ ,

तर राजाले एकीकरण गरेर फुलाएको यो देश
ज्यानको बाजि लगाएर जोगाएको यो देश
तिम्रो हाम्रो बास बस्ने काख बनिरहँदा
अझ भनौ टाउको लुकाउने छहारी बनिरहँदा
जन्मथलो र कर्मथलो बनी
नेपली भनी शिर उठाउने पहिचानको सान बन्दा
पैसामा छपिएको तस्बीर
त्यो पनि राष्ट्र जन्माउने
राष्ट्रिय पिताको पहिचान खुलाउने तस्बीरले
तिम्रो अनि हाम्रो के बिग्रियो ?
विश्वसामु कुन पहिचान हरायो ?
सगरमाथामाको शिखर झै उच्च शिर कहाँ झुकायो?

चाहे लोकतन्त्र आओस्
चाहे गणतन्त्र आओस्
चाहे जनतन्त्रको नाममा जनताले शासननै गरोस्
सहेद पृथ्वीनारायण शाहले
ज्यानको बाजि थापी एकीकरण गरेर
एकीकृत राष्ट्र नेपाल नबनाएको भए
यो देश नेपाल पक्कै देश बन्ने थिएन
विश्वले गोर्खालीका सपूत भनेर चिन्ने  थिएन

साँच्चै पैसामा राजाको तस्बीर हटाउने योजना बुनेकै हो भने
पैसामा अङ्कित राजाको तस्बीर हटाउनु पहिला
एक पटक सोच
मात्र एक पटक सोच
पितृ भएर स्वर्ग गएका
तिम्रा बाजे , बराजु, पुर्खाहरुको फोटो
तिम्रो घरको शोभा मानी
मूल ढोकाको शिरानमा राख्छौं कि राख्दैनौ
नेपाली भनी तिम्रो पहिचान खुलाउने नागरिकतामा
तिम्रो पुर्खाको थर लेख्छौ कि लेख्दैनौ
त्यो भन्दा पनि विश्वसामु
म नेपाली, वीर गोर्खालीको सपूत हुँ भनी
आफ्नो पहिचान चिनाउँछौ कि चिनाउँदैनौ
पृथ्वीनारायण साहले एकीकरण गरेको
राज्य हो भनी इतिहासमा मेटाउँछौ कि मेटाउँदैनौ

होइन भने पैसामा अङ्कित राजाको तस्बीरले
देश जोगाउने राष्ट्रिय पिताको पहिचानले
तिम्रो शिरको कुन स्वभिमान झुकायो ??
देशको सिमानाको कुन साँध मिचायो ??
नेपाली हुँ भन्न कुन पहिचान लुकायो ??
गोर्खाली हुँ भन्ने कुन इतिहास मेटायो ??

इतिहास साक्षी राखेर
नडग्मगाइ यो भन्न सकिन्छ कि
पृथ्वीनारायण शाहले ज्यानको बाजि थापेर
एकीकरण गरेर यो देश नेपाल नबनाएको भए
एकीकरण गर्ने अर्को कुनै वीर पुरुष जन्मने थिएन
तिम्रो हाम्रो पहिचान गोर्खाली हुने थिएन
तिम्रो हाम्रो पहिचान नेपाली हुने थिएन
यो देश सगरमाथाको देश हुने थिएन
वीर गोर्खालीको देश हुने थिएन
अझ भनौं विश्वसामु तिम्रो हाम्रो कुनै पहिचान हुने थिएन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!