संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीवासका युवा साहित्यकार चकेन्द्र राईद्वारा लिखित ट्रान्जिट उपन्यास विमोचन गरिएको छ । मोरङको केरावारी–२ जेफाले फेदी विहिवारे वजारमा एक कार्यक्रमकाबीच उपन्यास विमोचन गरिएको हो ।

Advertisement

जेफाले साहित्यिक डबली केरावारीले आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष धनवहादुर लिम्वु, धनकुटाका पत्रकार संजयसन्तोषी राई, युवा साहित्यकार राज मांङ्गलक, प्रकाश दिप्साली र केरावारी साहित्य कला विकास केन्द्रका अध्यक्ष नविन थापाले संयुक्त रुपमा उपन्यास विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै वडाध्यक्ष लिम्वुले जेफाले क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पाख्रीवासबाट आएर पुस्तक विमोचन गरेको भन्दै साहित्यकार राईलाई धन्यवाद दिए । पत्रकार राईले जनप्रतिनिधिहरुले भाषा, साहित्यको क्षेत्रमा दिल खोलेर साथ दिएको आफुले पहिलो पटक पाएको भन्दै वडाध्यक्ष लिम्वुको प्रशंसा गरे ।

विमोचित पुस्तक ट्रान्जिटको विवेचना गर्दै युवा साहित्यकार प्रकाश दिप्सालीले उपन्यासमा नेपाली समाज वैदेशिक रोजगारी र रेमिटान्ससँग जोडिएको कथा वस्तु पाठक माझ ओकलिएको टिप्पणी गरे । उनले ट्रान्जिट नाम आफैमा नेपाली उपन्यासको साहित्यिक आकासमा नयाँ, नौलो र लोभलाग्दो भएको बताए । कार्यक्रममा उपन्यासकार राईले जेफाले साहित्यिक डबली ट्रान्जिट उपान्यासको एयरपोट भएको वताउँदै ट्रान्जिटले जेफालेबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा केरावारी साहित्य कला विकास केन्द्रका अध्यक्ष थापा, युवा कवि माङ्गलक, कवि एवं पत्रकार रमेशचन्द्र अधिकारी, स्रस्टा घायल ठूले, कलाकार राजेन्द्र महरा, युवा साहित्य अनुरागीहहरु राज जवेगु, किशन शाही, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, जेफाले सृजना डवलीका अध्यक्ष युवराज ठकुरी लगायतले उपन्यासमाथि टिप्पणी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!