महेश साह
महेश साह, बिराटनगर

म निदाएको बेला स…पना देख्दिन
किनकी मस्तिष्कका सबै पाना
पोतिएको छ रातो रगतले ,
हो रातो रगतले
जो उनको कमलो शरीरबाट
कसैले निचोर्यो त्यो रात

म ब्युँझेको बेला केही सुन्न सक्दिन
किनकी सुनले सजिने कानका भित्ता-भित्तामा
गुन्जिदै छ अझै ती चित्कारहरु
जो त्यो कालो ,अँध्यारो रातले
आफुभित्र समाएर राख्यो

Advertisement

नयाँ आयाम खोज्ने मेरा नयनहरु
केही हेर्न सकिराख्या छैन
किनकी आँखा खोल्ने बितिक्कै आउछ
उनको तस्बिर, अनि पानी बनेर
छ्ताछुल्ल भइ पोखिन खोज्छ
तर अह सक्दैन

भुपी, तिमी गलत ठहरेछौ
नत्र किन यतिका मिर्मिरे ताराहरु
झरेर गए पनि नेपालले नयाँ बिहानी पाउन सकेन

किन दुई चार हैन ,
हजारौं सपुत मरेर गए पनि
नेपाल नयाँ मू…लुक बन्न सकेन
किनकी मुख लुकाउनु पर्नेहरु
त छाती चौडा पारेर हिड्दै छन
र न्याय माग्नेहरु
छातीमा फलामको बिउ रोपेर ढल्दै छन

हे, न्याय माग्नेहरु
भ्रमको जगबाट बाहिर निस्क
यो प्रजातन्त्र होइन
यो सत्तातन्त्र हो
यहाँ न्यायिक घोडा लङ्गडो भइसकेको छ
र त अन्यायको घडा भरिनै लागेको छ

आमा
म खुसी थिए
तिम्रो काँखमा जन्मिदै छु भनेर
तिम्रो वक्षस्थलसँग लडिबुडी खेल्दै हुर्कन्छु भनेर
तर आज म दुखी छु

म देख्दै छु शि…शिरमा पनि न कठङ्गृने
चन्द्र र सूर्यको पनि शिर कठङ्गृएको छ आज
झुक्दै न झुक्ने सगरमाथाको पनि शिर झुकेको छ आज

बुद्धका आँखाहरुमा पनि त हेर
मौनताको कालो बादल चिरेर बर्सिदै छ
र झरेको थोपा-थोपाले सोध्दै छ
यो अन्याय कहिलेसम्म ?
यो अशान्ती कहिलेसम्म ?

सिताले सोध्दैछिन
अन्यायका कति रेखाहरु पार गर्नुपर्छ अझ
छोरी भएर तिम्रो काँखमा कोइ जन्मिन्छ जब
कसरी उदाउँने छन भृकुटीजस्ता ताराहरु ?
जबसम्म अस्ताउदैन तिनका ज्यानमाराहरु

आमा,
कहिले सम्म बस्छौ पिरोलिकन आफै गलि
र कहिलेसम्म चढाउछौ नरपिपाशुलाई छोरीहरुकै बलि

देउ न जवाफ
किन मौन छौ ?
किन निरिह छौ ?

यो लाचारिता कहिलेसम्म ?
यो दण्डहिनता कहिलेसम्म ?

आँखाको पट्टी खोल !
आँखाको पट्टी खोल !!
तिम्रो तराजुको सन्तुलन बिग्रीदै छ आज
तिमीलाई हाँक्ने तिम्रै सारथीले कुल्चिदै छ आज

हेर त रुँदा रुँदै कतिका आँखाका आँशु सुकिसके छ
तिम्रो मौनता अगाडि मानबता पनि झुकिसके छ
केहि त गर !

हे रास्ट्रपिता
हे भाग्यबिधाता
न्याय नपाए गोर्खा जानु भन्थ्यो
अब भन न, म कहाँ जाउ ?
मलाई पीडाको पहाड उक्लेरै भएपनि
त्यो परको नगरी पुग्ने मन छ
म हिड्दा हिड्दै लडिसके पनि
बिसङ्गतिसँग अझ लड्ने मन छ

भू-म्धिय धरातलमा उभेको
पृथ्वीको स्वर्ग कहलिएको
प्राकृतिक क्षटाले भरिएको
बिरहरुको रगतले रङ्गिएको
हे जगत जननी,
म यौ…नि का कारण
गर्भमै तुहिए भने त केहि छैन
तर एउटा निरिह भएर,
तिम्रै आँखा अगाडि लुटेर मारिए भने
मलाई न्याय दिन्छौ नि ???

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!