- सञ्जु सुबेदी

मति बिगारी बोल्यौ झुट, नठानी दुनियाँ के भन्ला नि
अन्धकार भयो भविष्य कठै, लाला र बालाको पनि ।
(१)

Advertisement

झुक्यो शिर नाबालकमाथि बोलेर नै मिथ्या बोली
गल्ती थियो त एक कयौंको भयो चरित्र हत्या पनि ।
(२)

लगाई एक अर्कोलाई लाल्छना आफू पन्छने जुक्ति
व्यर्थै कहलियो कुकर्मझै, कथित क्षण भरको युक्ति ।
(३)

खोस्दा गुँडबाट बलले, भक्कानिदै बिलौना गर्दा तिनी
बुझेनन् न्यानो काखमै खुशी छन् भनी तिनले पनि ।
(४)

थियो कानुन अनेक अपराधमा दिननै सजाय भनि
टुट्यो साथ के बित्ला अब तिनका आउने दिन पनि ।
(५)

छुटाई बथान त्यो छहारीबाट बनाए चिल्ली—बिल्ली
पाइन् सजाय लुटियो आमाको माया र ममता पनि ।
(६)

मिल्यो मट्टीमा चाहाना क्षणभरमै जागे ईष्र्यालु तिनी
भत्क्यो सपना बर्षौ मेहनतले मिलेको विश्वास पनि ।
(७)

गिरे झै भयो आज अत्मस्वभिमान बिग्रिएपछि मति
आउला की नआउला फेरी अब एक हुने दिन पनि ।
(८)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!