- सञ्जु सुबेदी


झण्डा, यो झण्डा कति महान छ झण्डा
हाम्रो राष्ट्रिय झण्डा, गोर्खालीको झण्डा
कति सुन्दर छ झण्डा, नेपालको झण्डा

नेपाली हुँ म भन्ने पहिचान बनाई
विश्व सामु नौलो गरिमा चिनाएको
लुकाएको छ यसले नेपालको ब्यथा
गुम्सिएको छ यसमा नेपालीको गाथा
सजिएको छ यो चन्द्र र सुर्यले
रंगिएको छ यो से.रा.नि. ले
झण्डा यो झण्डा कति सुन्दर छ झण्डा
नेपालको झण्डा

Advertisement

गोर्खाली हुँ भन्ने स्वभिमान जोगाई
वीर हुँ म एउटा भनी कहलिएको
झुक्ने छैन कहिलै कुनै वीर आए पनि
लुक्ने छैन यो जस्तै बिपत्ति परेपनि
झुक्छ त यो नेपाल आमादेखि
लुके लुक्छ यीनै नेपाल आमादेखि
झण्डा यो झण्डा हाम्रो राष्ट्रिय झण्डा
नेपालको झण्डा

सगरमाथाको सान बनी फहराउदै
स्वरुप भिन्न त्रिकोणकार कोरेको
कति छ यसमा बिरता लुकेको
कहिले छ अनि यसले झुकेको ?
हट्ने छैन पछि सत्रुदेखि बच्न
घट्ने छैन यसको गरिमा हर दिन
झण्डा यो झण्डा, स्वभिमानी झण्डा
कति सुन्दर छ झण्डा, हाम्रो राष्ट्रिय झण्डा
गोर्खालीको झण्डा, नेपालीको झण्डा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!