- सरिता भट्टराई नेपाल
सरिता भट्टराई नेपाल, बिराटनगर-४

युग हो आज, ज्ञान विज्ञानको
आवश्यकता सम्पत्ति भन्दा, शिक्षा ठूलो
सन्तानलाई दिएको सम्पत्ति, छ नासवान
शिक्षा दिएमा, हुनेछौ महान

सुर्य बिना , उज्यालो हुँदै नहुने
सृष्टिको क्रम, चल्दै नचल्ने
चेतना छैन भने, तिमीलाई कस्तो ?
शक्तिको सिमा छैन, अरुमा शिक्षाको जस्तो

Advertisement

शान्ति सिर्जना, यश, किर्ति
शिक्षाले दिन्छ ,नौलो जिन्दगी
विकासको प्रेरणाको ,स्रोत हो यो
विवेकी, ज्ञानी बनाउने मन्त्र हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!