- भूपेन्द्र रायामाझी

महाकाली महागौरी तिमी ब्युँझ है
अति भो अत्यचार यो तिमी रोक है
सन्त्राषमा छ सारा विश्वमा किन देख्दिनौ
छद्मभेषी असुरलाई किन नाश गर्दिनौ
महाकाली महागौरी…

Advertisement

आदि शक्ति तिमी हौ भगवती माता
ब्रम्हाण्डको जननी हौ हर्ताकर्ता
आमा भई सन्तानको दुःख किन हर्दिनौं ?
जीउँदै मरेको जुनी भो किन बुझ्दिनौ?
साक्षत् स्वरुपको सबुत देउ है
अशक्त भए मानव जाती कल्याण गर है

विजयको ध्वजापताका लहराउन पाउँ
जन जनको दूरी अब त घटाउन पाउँ
आशिष यहि माग्दछौं हामी हे दुर्गे काली
कोटी कोटी प्रार्थना गर्दछौं आज सारा नेपाली

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!