- संगालोखबर सम्वाददाता
तस्वीर : सुस्मा ढकाल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर काटेपनि समाजसेवा गर्ने उनको इच्छा भने अझै कटेको छैन ।

२०२८ सालमा व्यक्तीगत खर्चवाट गाउँमा मूर्तीमहेश्वर मन्दिर बनाएका बराल अहिले पनि बृद्धभत्ताको आधा रकम त्यही मन्दिर संरक्षणमा खर्चिदै आएका छन् । सानै उमेरदेखि सामाजिक काममा रुचि राख्ने बराल अझै पनि समाजलाई केही सहयोग पुर्याउँन चाहेको बताउँछन् । उनी भन्छन्, ‘कहिलेसम्म बाचिन्छ टुंगो छैन । बाचुन्जेल सामाजिक काम गर्ने रहर छ ।’

Advertisement

सोमबारबाट १०५ बर्ष प्रवेश गरेका उनमा अहिलेसम्म कुनै गम्भीर स्वास्थ समस्या देखिएको छैन । उनी अहिले पनि गाउ टोलमा हुँने धार्मीक र सामाजिक कार्यक्रमहरूमा आफै हिडेर जाने गर्छन् । २ छोरा र ९ छोरीका वुवा चन्द्रबहादुरका ५८ जना नातीनातिना र ७२ जना पनाती पनातीनी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!