संगालोखबर संवाददाता

धनकुटा, २२ जेठ । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवाले आधुनिक सूचना यन्त्र आविष्कार गरेका छन् । सहिदभूमि–४ खोकुका २३ बर्षीय कोखमान राईले सीसी क्यामेराको सट्टामा प्रयोग गर्न र सुरक्षा सर्तकर्ता अपनाउँन उपयोगी फरक प्रकारको सूचना यन्त्र निर्माण गरेका हुन् ।

Advertisement

यो यन्त्रलाई राईले अटोमेटीक फोन रिडायल सिस्टम (एपीआरएस) नाम दिएका छन् । काठका टुक्रा, टिनका पाता, डीसी मोटर, रबरका पाङ्ग्रा लगायत सामान मिलाएर एपीआरएस बनाईएको हो । एपीआरएस भित्र सिमकार्ड जडान गरिएको छ ।

एपीआरएस राखिएको क्षेत्रमा केहि असामान्य गतिबिधि भएमा त्यसले दृष्य रेकर्ड गर्नुका साथै सम्बन्धित ब्यक्तिलाई तत्काल फोन गरेर त्यहाको अवस्था सुनाउँछ ।

यो उपकरण सुरक्षा सर्तकताका हिसावले सीसी क्यामेरा भन्दा पनि बढी प्रभावकारी रहेको निर्माणकर्ता राईको दावी छ । ‘सीसी क्यामेराले दृष्य रेकर्डमात्र गर्छ तर, यसले सम्बन्धित ब्यक्तिलाई तत्काल फोन गरेर खबर पनि गर्छ ।’ राईले संगालोखबरसँग भने ‘सुरक्षा सर्तकताका हिसावले एपीआरएस धेरै सहज यन्त्र हो ।’

एपीआरएस गाडी, मोटरसाईकल, घर, बैंक लगायत ठाउँमा राखेर चोरी तथा अप्रिय घटनाको सावधानी अपनाउन सकिने उनी बताउँछन् ।उनका अनुसार राखिएको ठाउँमा कसैले गाडी चलाउँदा, घरमा ताला फुटाउदा, झ्यालबाट मान्छे पस्दा वा बैंकमा संकास्पद मान्छे छिर्ने जस्ता गतिबिधिमा एपीआरएसले तत्काल फोन गरेर सम्बन्धित ब्यक्तिलाई संकेत दिने गर्दछ ।

कसैले तार काट्दा वा कुनै पनि कारणबाट यो निष्कृय नहुँने र सम्बन्धित ब्यक्ति जहाँसुकै भएपनि खबर गरेरै छाड्ने भएकाले एपीआरएस प्रभावकारी रहेको राईको दावी छ ।

संगालोखबरको कार्यालयमा एपीआरएस प्रयोग गरेर देखाउँदै निर्माणकर्ता राई । तस्वीर:ईश्वर थापा/संगालोखबर

यसका लागि अग्रिम फोन नम्बर मिलाईएको हुन्छ । आठ वटासम्म नम्बर राख्न मिल्ने भएकाले एउटामा सम्पर्क नभएमा जुनसुकै स्थानमा भएको बैकल्पिक नम्बरमा तुरुन्त फोन जाने गर्छ । एपिआरएस राखिएको सामानमा केहि असामान्य गतिबिधि हुनासाथ त्यसले तत्काल सम्बन्धित ब्यक्तिलाई वारम्वार फोन गरिरहने गर्छ ।

‘एक पटक मात्र फोन गर्ने हैन ।’ राईले भने ‘सम्बन्धित ब्यक्तिले घटनाको जानकारी नपाउँन्जेल एपिआरएसले वारम्वार फोन गरेर जानकारी गराएरै छोड्छ ।’ आफु जुनसुकै ठाउँमा भएपनि एपिआरएसको माध्यमबाट निर्धारण गरिएको स्थानमा भएका अप्रिय गतिबिधि सुन्न र हेर्न मिल्ने उनले बताए ।

बाल्यकालदेखिनै बिभिन्न सामाग्री निर्माणमा चासो राख्ने राईले यसअघि रिमोट गाडी, डोजर लगायत सामाग्री बनाइसकेका छन् । धनकुटाबाट शिक्षासास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका राईले करिब एक महिनाको अवधिमा एपीआरएस बनाएका हुन् ।

कोखमानले नयाँ सामानको आविस्कार गरेपछि उनको परिवार दंग छ भने छिमेकीले पनि अचम्म मानेका छन् । छोराले अचम्मको सामान बनाएको भन्दै कोखमानका वुवा देवलमान राईले खुःशी ब्यक्त गरे ।

एपीआरएस निर्माण गरेपछि राईले धनकुटा सदरमुकाम स्थित संगालोखबरको कार्यालयमा आएर त्यसका वारेमा जानकारी गराएका हुन् । उनले संगालोखबरको कार्यालयमा उक्त यन्त्र प्रयोग गरेर देखाउँदा आसपासका मानिसले आश्चर्य मानेका थिए । अव यो कामलाई आफुले ब्यवसायिक रुपमा अघि बढाउँने राईले बताए ।

नयाँ र फरक प्रकारको सामाग्री निर्माणमा खर्च अभाव रहेको गुनासो सुदाउँदै राईले भने ‘मलाई सवै कुराको उपयुक्त वातावरण हुने हो भने अझै धेरै अनौठा र फरक क्षमताका उपकरण बनाउँन सक्छु ।’

भिडियो हेर्नुहोस्…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!