- देवकला कार्की/संगालोखबर

धनकुटा, १२ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ ओख्रे थामडाँडामा भ्यूटावर निमार्ण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम वढेको छ । ओख्रे भ्यूटावर निमार्ण भएपछि ओख्रे बजारमा चहलपहल वढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल वनेको छ । भ्यूटावरसहित पर्यटकीय पुर्वाधार निमार्णका लागी पर्यटन मन्त्रालय मार्फत पर्यटन कार्यालय काकडभिट्टाले ४० लाख लगानी गरि सकेको छ ।

ओख्रे बजारवाट करिव २५ मिनेट पैदल दुरीमा पुग्न सकिने थामडाँडामा निमार्ण गरिएको ओख्रे भ्यूटावरवाट धनकुटासहित पुर्वी तराईका जिल्लाको अवलोकन गर्न सकिन्छ । यसका साथै भारतको जोगमुनि, उत्तर विहार लगायत क्षेत्रकोसमेत अवलोकन गर्न सकिने स्थानियवासीको भनाई छ । ओख्रे बजारवाट भ्यूटावर भएको स्थानसम्म पुग्न सडकको सुविधा भएकाले आन्तरिक तथा वाह्य पर्यटकलाई थप सहज भएको पर्यटन तथा सुचना पुर्वाधार विकास समाज साँगुरीगढी–५ ओख्रे थामडाँडाका अध्यक्ष कर्णपुलामी मगरले बताए ।

Advertisement

उनका अनुसार विदाको दिन पाँच देखि सात सय जनासम्म आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । विदाको दिन वाहेक एक सय ५० देखि दई सय जनासम्म पर्यटक आउने गर्दछन् ।

ओख्रे थामडाँडामा निमार्ण गरिएको भ्यूटावर । तस्वीर: देवकला कार्की/संगालोखबर

घुम्न आउनेहरु भ्यूटावरमा चढन रुचाउने र भ्यूटावरवाट देखिने विभिन्न क्षेत्रको अवलोकन गर्नेको भिड लाग्ने गर्दछ । विशेष गरि भारतिय नागरिकका साथै पुर्वका धरान, ईटहरी, विराटनगरसहित शैक्षिक भ्रमणका लागिसमेत विभिन्न जिल्लावाट आउने गरेको मगरले वताए ।

भ्यूटावर निमार्ण भएपछि ओख्रेवजारमा चहलपहल दैनिक वढनुका साथै घरहरु निमार्ण हुने क्रमसमेत वढेको पर्यटन तथा सुचना पुर्वाधार विकास समाज नेपालका सचिव गणेश तिम्सिनाले जानकारी दिए । आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि भ्यूटावर गन्तव्य स्थल बनेसँगै भौतिक पुर्वाधार निमार्ण तथा भएको भौतिक पुर्वाधारलाई थप व्यवस्थित वनाउन पहल भईरहेको तिम्सिनाले वताए ।

उनका अनुसार स्वागतद्धार निमार्ण, पहँुचमार्ग सुधार, फुट ट्रयाक बिस्तार तथा सुधार (रेलिङ्ग), सामुदायिक होमस्टे फुट ट्रयाक पिकनिक सेड निमार्ण, सोलार बत्ति जडान, रक क्लाईमिङ्ग सुधार, भ्युटाबर सुधार (रेलिङ सुधार पुनरावलोकन), सामुदायिक चमेना गृह, सभागृह निमार्ण लगायतका पुर्वाधार निमार्णका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायतसँग सहयोग माग गरिएको छ ।

साँगुरीगढी गाउँपालिकाले शौचालय निमार्णका लागी ५ लाख रुपैया विनियोजन गरेपछि अहिले शौचालय निमार्णको काम शुरु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!