- संगालोखबर सम्वाददाता

धनकुटा, १७ बैशाख । सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी गर्ने मनसायले घटना भएको प्रहरीको ठम्याई छ । केटी जस्तो बनेर विवाह गरी झुक्याई स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

Advertisement

उनको ठग्ने शैली देखेर स्थानीयसँगै प्रहरी पनि आश्चर्यमा परेको छ । अनुहार हेर्दा युवती जस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेकोे पाईएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले संगालोखबरलाई जानकारी दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो । राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे । बिपिन स्वदेश फिर्किएपछि उनीहरुले भागी बिबाह गरेका हुन ।

स्थानीयको घेराबन्दीमा रहेका राजकुमार र बिपिन ।

तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए । गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिन बताउँछन् । आफुहरुवीच आर्थिक लेनदेनको बिषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दावी छ ।

दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए । लामो कपाल पालेर केटी जस्तै देखिने उनी छिमेकीहरुसँग पैसा सापटी माग्दै हिड्ने गरेका थिए । तर, भोजपुर स्थित घरबाट खोजि भएपछि उनी केटी नभई केटा हुन् भन्ने कुराको पर्दाफास भएको हो ।

राजकुमारले अर्कै केटीसँग बिबाह गरी डेढ बर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । राजकुमारले छिन्ताङमा भेष बदलेर ठगी गर्दै हिडेको थाहा पाएपछि पक्राउ गरी प्रहरीमा बुझाईएको स्थानीय भरतसिंह राईले बताए ।

स्थानीय बम कार्कीले संगालोखबरलाई दिएको जानकारी अनुसार दुलही बनेर आएका उनले धेरै स्थानीयसँग पैसा सापटी मागेर लगेका छन् । तर, कसैको पनि सापटी रकम फर्काईएको छैन । सापटी माग्दै रकम कुम्ल्याएर भाग्न खोजेको स्थानीयको आशंका छ ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाको बिषयमा अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!