- रबिन कटेल/संगालोखबर

धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच आज झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन् ।

झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठको टाउको फुटेको छ भने अजित पाख्रीनको हातमा चोट लागेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिए । प्रहरीले सुरक्षाका लागि बोकेको ढाल प्रदर्शनकारीले फुटाएर फालेका छन् ।

Advertisement
प्रदर्शन गर्दै धनकुटेलीहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

आक्रामक रुपमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै गोटबाट भित्र पसेका थिए । मुल गेटमा दर्जनौंको संख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारी कार्यालय हाताभित्र प्रवेश गर्दा स्थिति तनाबग्रस्त बनेको हो ।

सोही क्रममा आन्दोलनकारीले कार्यालयमा ढुंगासमेत प्रहार गरे पनि सुरक्षाकर्मीले संयममता अपनाएका थिए । अहिले पनि आन्दोलनकारीले कार्यालय घेराउ गर्दै नाराबाजीसहति प्रदर्शन गरिरहेका छन् ।

थप तस्वीरहरु हेर्नुहोस् ….

प्रदर्शनकारीले फुटाएर फालेको सुरक्षाकर्मीको ढाल ।

तस्वीरहरु : रबिन कटेल/संगालोखबर

भिडियो हेर्नुहोस् …

यो पनि पढ्नुहोस् …

धनकुटामा मोटरसाईकल तोडफोड

आमहड्तालले धनकुटाको जनजीवन प्रभावित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!