रबिन कटेल/संगालोखबर

धनकुटा । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ मा धनकुटाका लागि २ अर्ब २७ करोड ६५ लाख बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा जिल्लाका तीन नगरपालिकालाई १ अर्ब १२ करोड १० लाख र चार गाउँपालिकालाई १ अर्ब १५ करोड ५५ लाख बजेट छुट्याईएको हो ।

Advertisement

जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकालाई ४५ करोड ३५ लाख बजेट तोकिएको छ भने सबैभन्दा कम सहिदभूमी गाउँपालिकाले २५ करोड ६४ लाख बजेट पाएको छ । यता, पाख्रीवास नगरपालिका भन्दा चौबिसे र साँगुरीगढी गाउँपालिकाले बढी बजेट पाएका छन् । चौबिसे गाउँपालिकाले ३२ करोड ५० लाख र साँगुरीगढी गाउँपालिकाले ३१ करोड ८ लाख बजेट पाउँदा पाख्रीवास नगरपालिकालाई त्यो भन्दा कम २७ करोड ७३ लाख बजेट छुट्याईएको छ ।

बढी बजेट पाउँनेमा क्रमसः धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, पाख्रीवास नगरपालिका, छथर जोरपाटी गाउँपालिका र सहिदभूमी गाउँपालिका परेका छन् । यता, महालक्ष्मी नगरपालिकालाई ३९ करोड २ लाख र छथर जोरपाटी गाउँपालिकालाई २६ करोड ३३ लाख बजेट तोकिएको छ ।

समानीकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान र समपुरक अनुदानका आधारमा बजेट बिनियोजन गरिएको छ । धनकुटा नगरपालिकाले समानीकरण अनुदानमा १२ करोड ९१ लाख, सशर्त अनुदानमा २६ करोड ४४ लाख, बिशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ४ करोड पाएको छ । महालक्ष्मी नगरपालिकाका लागि समानीकरण अनुदानमा ९ करोड ७७ लाख, सशर्त अनुदानमा २६ करोड ६५ लाख, बिशेष अनुदानमा २ करोड २० लाख र समपुरक अनुदानमा ४० लाख बजेट छुट्याईएको छ भने पाख्रीवास नगरपालिकाले समानीकरण अनुदानमा ९ करोड ४३ लाख, सशर्त अनुदानमा १८ करोड र बिशेष अनुदानमा ३० लाख पाएको छ । पाख्रीवासले समपुरक अनुदान पाएको छैन ।

त्यस्तै चौबिसे गाउँपालिकामा समानीकरण अनुदानमा ८ करोड ७७ लाख, सशर्त अनुदानमा २१ करोड ३८ लाख, बिशेष अनुदानमा ७० लाख र समपुरक अनुदानमा १ करोड ६५ लाख तोकिएको छ । साँगुरिगढी गाउँपालिकालाई समानीकरण अनुदान ९ करोड ३१ लाख र सशर्त अनुदान २१ करोड ७७ लाख तोकिएको छ भने बिशेष अनुदान र समपुरक अनुदान छुट्याईएको छैन । छथर जोरपाटी गाउँपालिकालाई समानीकरण अनुदानतर्फ ८ करोड ६१ लाख, सशर्त अनुदानतर्फ १५ करोड ७२ लाख, बिशेष अनुदानतर्फ १ करोड र समपुरक अनुदानतर्फ पनि १ करोड बजेट बिनियोजन गरिएको छ ।

यता, सबैभन्दा कम बजेट पाएको सहिदभूमीले समानीकरण अनुदानमा ८ करोड ५९ लाख र सशर्त अनुदानमा १७ करोड ५ लाख पाएको छ । सहिदभूमीलाई बिशेष अनुदान र समपुरक अनुदान दिईएको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!