- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारको लगानीमा निमार्णाधिन मोरङको विराटचोक–घिनाघाट सडक बिस्तारको काम अवरुद्ध भएको छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछि सडक निर्माणको काम अवरुद्ध भएको हो । प्रदेश गौरवको योजनाका रुपमा रहेको सो सडक गतवर्ष मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए ।

Advertisement

दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने योजनाका साथ २२ किलोमिटर सडकलाई ३ भागमा विभाजन गरि काम थालिएको थियो । १० किलोमिटरको विराटचोक–नेताचोक खण्ड र १० किलोमिटरको नेताचोक–मिलनचोक खण्डमा ठेक्काप्रक्रियामार्फत निमार्णको काम भइरहेको थियो । दुई खण्डको निमार्ण कार्य २ वर्षभित्र सक्ने गरि गतवर्ष नै ६८ करोड ६८ लाख र ६९ करोडमा ठेक्का सम्झौता भएको थियो । तर, गरेको कामको भुक्तानी नपाएपछि काम रोकिएको श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट म्यानेजर विवेक कार्कीले बताए ।

सडक निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्ने १० करोड भन्दा बढी रकम प्रदेश सरकारले दिएको छैन । कोरोना महामारीका कारण बजेट अपुग भएको भन्दै प्रदेश सरकारले बजेट भुक्तानी रोकेको हो । कोरोनाका कारण प्रदेश सरकारले बहुवर्षीय परियोजनाको बजेटमा उल्लेख्य कटौती गरी ५० प्रतिशत मात्र खर्च गर्न अख्तियारी दिएको छ । निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

प्रदेश सरकारको १ अर्ब ४० करोड लगानीमा सो सडक निमार्ण थालिएको हो । सडकको मध्य भागबाट ३५/३५ फिट कालोपत्रे गर्ने योजना छ । अहिलेसम्म करिब ४० प्रतिशत काम भएको छ । तर, भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम रोकेपछि सडक विस्तारमा अन्यौलता छाएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!