संगालोखबर सम्वाददाता

धनकुटा, ८ जेठ । धनकुटा नगरपालिका–५ टुडिखेल नजिक व्यस्त वजारको विच सडकमा भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या भएको छ । सडकमा भ्वाङ्ग परेर दुर्घटनाको जोखिम बढेपनि मर्मतमा ढिलाई गरिएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् ।

करिव एक साता अघि सडकको विच भागमा भ्वाङ्ग परेका कारण ठूला सवारी साधन आवतजावतमा समस्या छ । ओरालो सडकमा भ्वाङ्ग परेकाले मोटरसाईकल लगायत साना सवारीलाई दुर्घटनाको जोखिम बढी छ ।

Advertisement

सो सडक हुँदै तल्लोकोप्चो, जलधार, कर्मीटार, विहिवारे हटिया, देवानटार लगायत स्थानमा दैनिक सयौं सवारी आवतजावत हुन्छन् ।

बिद्यार्थीको बढी आवतजावत हुने र जेष्ठ नागरिकको पनि नजिकै कार्यालय रहेकाले बिद्यार्थी र जेष्ठ नागरिकहरु भौडीमा खस्न सक्ने संभावना बढेको स्थानीयको भनाई छ । रातीको समयमा भने अझ बढी जोखिम हुने गरेको छ ।

धनकुटाको टुडिखेल नजिक सडकमा परेको भ्वाङ्ग । तस्वीर: संगालोखबर

सडक मर्मतमा सरोकारवाला निकायको ध्यान नपुगेका कारण सास्ती बेहोर्नु परेको भन्दै स्थानीयबासीले आक्रोस ब्यक्त गरेका हुन् । सडकको बिचमा भौडी परेर सवारी आवतजावतमा समस्या हुँदापनि मर्मतमा ढिलाई गरिएको भन्दै स्थानीय जयन्द्र प्रधानले आक्रोस पोखे ।

‘बिच सडकमा मान्छे छिर्नेगरी भौडी परेकाले कतिवेर ठुलो दुर्घटना हुन्छ भन्ने त्रास छ ।’ संगालोखबरकर्मीसँग उनले भने ‘हप्ता दिनसम्म पनि मर्मत नहुनु लापरबाही हो ।’

तत्काल सडक मर्मतमा वडा कार्यालयले चासो देखाउँनुपर्ने भएपनि वेवास्ता गरेको स्थानीयको भनाई छ ।

माथिल्लो कोप्चे हुँदै आउने वर्षाको पानी मुल सडकको विच भागबाट भित्र–भित्रै ढलमा वग्ने गरेको थियो । केही दिन अघिको वर्षाका कारण सडकको विचमा पर्ने ढल भत्किएपछि समस्या भएको हो ।

यता धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तत्काल सडक मर्मत गर्न लगाउँने प्रतिक्रिया दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!