संगालोखबर सम्वाददाता

धनकुटा, ९ जेठ। सवारी आवतजावतमा समस्या र जोखिम हुनेगरी धनकुटा नगरपालिका–५ टुँडिखेल नजिक सडकमा परेको खाडल नगरपालिकाले बुधबार पुरेको छ । करिव एक साता अघि सडकमा भ्वाङ्ग परेर यातायात आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको थियो ।

Advertisement

तर, मर्मतमा ढिलाई भएको गुनासो आएपछि मंगलवार संगालोखबरले ‘धनकुटामा सडक भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित’ शिर्षकमा प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो । संगालोखबरले समाचार प्रकाशन गरेको भोलिपल्टनै नगरपालिकाले खाडल पुरेको हो ।

सडक मर्मतमा ढिलाई भएको बिषयमा संगालोखबरले राखेको जिज्ञासामा नगर प्रमुख चिन्तन तामाङले तत्काल सडक मर्मत गर्न लगाउँने प्रतिक्रिया दिएका थिए । समाचार प्रकाशन भएपछि थप ध्यानाकर्षण भएर तत्काल सडक मर्मत गरिएको उनले बताए ।

सडक मर्मत गरिदै । तस्वीर : ईश्वर थापा/संगालोखबर

ब्यस्त सडकमा ढल माथिको सडक झरेर मान्छे छिर्नेगरीको खाडल परेपछि ठुला सवारी साधन आवतजावतमा समस्या हुनुका साथै साना सवारीलाई दुर्घटनाको जोखिम बढेको थियो ।

बिद्यार्थीको आवतजावत बढी हुने र जेष्ठ नागरिकको पनि नजिकै कार्यालय रहेकाले बिद्यार्थी र जेष्ठ नागरिक दुर्घटनाको बढी जोखिममा थिए । भिरालो सडकमा परेको खाडलका कारण रातको समयमा झन बढी जोखिम भएको गुनासो आएपछि संगालोखबरले सो बिषयमा समाचार प्रकाशन गरेको हो ।

समाचारको प्रभावका कारण तत्काल सडक मर्मत भएकाले दुर्घटनाको जोखिम टरेको स्थानीय जयन्द्र प्रधानले बताएका छन् ।

यसअघि पनि धनकुटामा चोरी भएको मोटरसाईकल संगालोखबरले समाचार प्रकाशन गरेका कारण फेला परेको थियो । मोटरसाईकल चोरीको बिषयमा संगालोखबरको समाचार पढेका पाठकले खोल्सिमा मोटरसाईकल फेला परेर संगालोखबरलाई खवर गरेका थिए ।

त्यसपश्चात मोटरसाईकल धनीलाई खबर गरेर प्रहरीको सहायतामा मोटरसाईकल जिम्मा लगाईएको थियो ।

यसअघि प्रकाशित समाचार हेर्नुहोस्…

धनकुटामा सडक भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

 

यो पनि हेर्नुहोस्…

संगालोखबर समाचार प्रभाव : धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!