- देवकला कार्की/संगालोखबर

धनकुटा, १८ फागुन । आधुनिक बाजाका कारण मुरली लोप हुँने अवस्थामा पुगेपनि धनकुटाका ‘मुरली वा’ को मुरली मोह अझै पनि उत्तिकै छ । धनकुटा–७ हुलाकटोलमा बस्दै आएका ८२ बर्षीय साहित्यकार पिताम्वर भट्टराई ‘मुरली वा’ कै नामले परिचित छन् । २५ बर्षअघि देखि बोक्दै आएको मुरली संगालोकर्मीलाई देखाउँदै भट्टराईले भने ‘यो मुरलीसँग मेरो साईनो छुट्नै नसक्ने गरी गासिएको छ ।’

दक्षिणा रहित पुरोहित, मुक्का मुक्की र रसामृत कविता संग्रह प्रकाशित गरिसकेका भट्टराई सानै उमेर देखि मुरली वजाउदै आएका छन् । भट्टराईले छन्द्धवद्ध कविता र लोकभाकालाई मुरलीको धुनमा टप्ककै टिप्ने गर्छन् । वि.स १९९२ मा ओखलढुंगाको रामपुरमा जन्मिएका उनी २५ वर्ष अघिदेखि धनकुटा वस्दै आएका छन् ।

दश वर्षको उमेर देखिनै मुरलीसँग गासिएको भट्टराईको सांईनो अझै पनि उत्तिकै छ । ‘मुरलीको माया असाध्यै लाग्छ ।’ भट्टराई भन्छन् ‘कपडा सिलाउँदा मुरली बोक्नैका लागि छुटै प्रकारको गोजी राख्न लाउँने गरेको छु ।’ विभिन्न लोकभाका र कविता मुरलीको धुनमा गाउँन सजिलो लाग्ने भएपछि भट्टरार्ई पनि यसैमा वाल्यकालदेखि नै रमाउँदै आएका छन् ।

मुरली बजाउँदै भट्टराई । तस्वीर:देवकला कार्की/संगालोखबर

२५ बर्ष अघिदेखि एउटै मुरली बोक्दै आएका भट्टराईले यसअघि दुई दर्जन बढी मुरली फटाईसकेको बताउँछन् । रेडियो र टेलिभिजन नभएको समयमा मुरली बजाउँदा मुरलीको धुन सुन्न जमघट हुने गरेको अनुभव उनले सुनाए । मुरलीको धुनमा मानिस मात्र नभएर चराचुरुङ्गीसमेत मोहित हुँने गरेको अुनभव उनीसँग छ ।

सानैदेखि कविताप्रति रुची राख्ने भट्टराईले कवितालाई मुरलीको धुनमा उन्ने प्रयत्न गरिरहे । लोप हुन लागेको मुरलीको धनुलाई वचाई राख्न युवा पुस्ताले पनि ध्यान दिनुपर्ने भट्टराई बताउँछन् ।

मुरली प्रिय वाद्ययन्त्रको रुपमा चिनिन्छ । मुरलीलाई मुखभित्र लगाएर विस्तारै फुकेपछि प्रवाहित हुने ध्वनिलाई संगितमा परिर्वतन गराउन औँलाले छोपी राखेका प्वालहरु क्रम अनुसार छोप्ने र उघार्न गरिन्छ । सात दशक अघिदेखि विभिन्न छन्द्धलाई मुरलीको प्वालमा सिमित गरेर बजाउँदै आएका भट्टराई अहिले ‘मुरली वा’ कै नामले परिचित बनेका हुन् ।

‘मुरली वा’ सँग संगालोकर्मी देवकला कार्कीले गरेको कुराकानी हेर्नुहोस्…

तपाईको प्रतिक्रिया

error: Content is protected !!