बालिका मादेन

धनकुटा, २२ जेठ । धारामा नियमित खानेपानी नआउने र आउँदा पनि लोदोसहितको धमिलो पानी आएर समस्या झेल्दै आएका धनकुटा नगरबासीले मंगलवार नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन् ।

Advertisement

उपभोक्ता समितिको ध्यानाकर्षणका लागि धमिलो पानीको बोतलसहित उपभोक्ताहरु खानेपानी कार्यालय पुगेका थिए । उनीहरुले शुद्ध खानेपानी पाउनुपर्ने माग गर्दै कार्यालयमा धर्नासहित केहि समय प्रदर्शन गरेका हुन् ।

शुद्ध खानेपानीको व्यवस्था गर, खानेपानीमा खेलवाड बन्द गर जस्ता नारा लगाउँदै उपभोक्ताले कार्यालयमा प्रदर्शन गरेका थिए । धमिलो पानी पिउन बाध्य धनकुटा नगरपालिका ३, ४, ६ र ७ का बासीन्दाले कार्यालयमा धर्ना र प्रदर्शन गर्दै शुद्ध खानेपानीको माग गरेका हुन् ।

धर्नाका क्रममा धनपा–४ देव्रेवासकी फुलमायाँ कटेलले १२ दिनदेखि धारामा पानी नआएको गुनासो सुनाईन् । घरमा भएको धारामा पानी नै नआउँने र आउँदा पनि धमिलो पानी आउँनाले टाढाबाट जर्किनमा बोकेर पानी ल्याउँनुपर्ने बाध्यता रहेको उनले बताईन् ।

यता धनकुटा–७ का टेकबहादुर श्रेष्ठले धारामा दहि जस्तो लेदो पानी आउने गरेको बताए । ४ दिन अघिदेखि धारामा पानी नआएको गुनासो सुनाउँदै धनकुटा–३ का उद्धव भण्डारीले नियमित शुद्ध पानीको ब्यवस्था मिलाउन माग गरे ।

यता नगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष द्रोर्ण गुरागाईले खानेपानीको पाईप भएको स्थानमा डोजरले बाटो खन्ने काम भएकाले पानी धमिलो आएको बताए ।

प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरी खानेपानी समस्याको चाडै समाधान खोजिने गुरागाईले आश्वासन दिएका छन् ।

यो पनि हेर्नुहोस्…

धनकुटेलीका धारामा लेदो आएपछि यसरी गरियो प्रदर्शन (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!