- बिनोद बिष्ट/संगालोखबर

छिन्ताङ, २ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरु कष्टपूर्ण यात्रा गरेर बिद्यालय जान वाध्य छन् ।

Advertisement

दिलुङटारमा प्राथमिक तहसम्म मात्र बिद्यालय भएकाले शहिदभूमी गाउँपालिकाको आदर्श माध्यमिक बिद्यालय जानुपर्ने बाध्यता छ ।

तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् ।

साँगुरीगढी गाउँपालिकाले दिलुङटारदेखि सानो सफाइसम्म सडक बनाएको भएपनि माथिबाट आएको सुक्खा पहिरोले बाटो पुरेको छ ।

ठुला मानिसलाई यात्रा गर्नसमेत कष्टपूर्ण रहेको सो बाटोमा बालबालिकाको यात्रा झनै पीडादायी रहेको लक्ष्मी मा.बि महाभारतका शिक्षक दुर्गा खड्काले संगालोखबरलाई जानकारी दिए । दिलुङटारदेखी सानो सफाइको बीच बाटोमा ठुला मान्छेलाई पनि यात्रा गर्न गाह्रो छ ।

माथिबाट पहिरो खसिरहने हुँनाले विद्यार्थीहरुले पहिरो गएको ठाउँमा कुदेर बाटो काट्नुपर्ने बाध्यता रहेको स्थानीय ज्ञानेन्द्र खड्काले बताए ।

‘पहिरोले बाटो पुरेपछि केटाकेटीको बिजोग भएको छ ।’ खड्काले संगालोकर्मीसँग भने ‘कत्तिखेर खुट्टा चिप्लिएर तमोर नदीमा खस्छन भन्ने ठेगान छैन ।’

एक महिना अघि उक्त सडक निर्माण गरिएको थियो । अव, बर्षादको समयमा झन समस्या हुँने पीडाले बालबालिकालाई थप सताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!