धनकुटामा फौजी किराको प्रकोप, मकैबालीमा क्षति पुग्दा कृषक चिन्तित
धनकुटा । धनकुटामा फौजी किराको प्रकोप फैलिएको छ । मकैखेती लगायतका बालीमा अमेरिकन फौजी कीराको प्रकोप फैलँदा कृषक चिन्तित भएका छन् ।
नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेका कारण धनकुटामा वर्षेनी मकैबाली लगायतको हरियोबालीमा क्षति हुँदै आएको छ । पाख्रीबास नगरपालिका-५ स्थित दियालेका कृषकले लगाएको मकै लगायतको बाली फौजी किराले सखाप बनाएको छ ।
स्थानीय कृषक देवेन्द्र बहादुर निर...































