
विराटनगर । मोरङको जहदा गाउँपालिका-७ मझारेमा दाजुले छुरी प्रहार गर्दा भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय श्रवण साह छन् । प्रहरीका अनुसार गएराति सामान्य विवादका क्रममा ३० वर्षीय राजकुमार साहले श्रवणलाई छुरी प्रहार गरेका थिए । श्रवण राजकुमारको आफ्नै काकाको छोरा हुन् ।
छुरा प्रहारबाट गम्भिर घाइते भएका श्रवणलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीका इन्स्पेक्टर लेखनाथ दाहालले जानकारी दिए ।
‘अहिलेसम्म पुरानो रिसइबी केही पनि पाइएको छैन । सामान्य विवादका क्रममा बुधबार राति करिब पौने ८ बजे छुरा प्रहार भएको हो’, उनले संगालोखबरसँग भने, ‘उनको बाँया छातीमा छुरा प्रहार भएको थियो । गम्भिर घाइते श्रवणको उपचारका क्रममा मृत्यु भएको छ ।’
घटनास्थल बोर्डर नजिकै रहेकाले छुरा प्रहार गरेर राजकुमार भारततर्फ फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













