जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो
विराटनगर । विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक बत्ती नबल्दा सवारी आवागमन अस्तव्यस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बल्न छाडेका ट्राफिक बत्ती मर्मतको अत्तोपत्तो छैन । ट्राफिक बत्ती नबल्दा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।
कार्यालय समयमा थप सवारी चाप हुनेहुँदा बाटो काट्ने पैदलयात्रीलाई थप समस्या थपिएको छ । विराटनगर भर्खर-भर्खर ट्राफिक बत्तिमा अभ्यस्त हुँदैथियो...































