संगालोखबर


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बन्ने भएको छ । उक्त निवासको आज राधिका शाक्यले शिलान्यास गरिन् ।

एक रोपनी क्षेत्रफलमा बन्न लागेको निवासलाई ‘ओली कुटी’ नाम दिइएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको जनाएका छन् ।

Advertisement

जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली अहिले भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अहिले उनी बस्दै आएको घर नजिकै ‘ओली कुटी’ निर्माण हुन लागेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!