संगालोखबर


विराटनगर । यमरी पूर्णिमाको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले शुभकामना आदानप्रदानसँगै यमरीको स्टल प्रदर्शन गरेको छ ।

नेवाः सांस्कृतिक पहिचान प्रवर्द्धन  गर्ने तथा कोशी पर्यटन वर्ष २०८२ लाई पनि समर्थन हुनेगरि विराटनगर-९ मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिर नजिक ‘बी प्लट’ क्षेत्रमा स्टल प्रदर्शन गरेको हो ।

Advertisement

कार्यक्रमको उद्‌घाटन विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर विश्वनाथप्रसाद भगतले गरेका थिए । उनले नेपाल कला-संस्कृतिको दृष्टिले विश्वकै धनी मुलुकमध्ये पर्ने उल्लेख गर्दै महानगरपालिका विविध जातजातिका भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए ।

झी पुचः विराटनगरका सल्लाहकार राजन श्रेष्ठले यमरी पूर्णिमाको सांस्कृतिक र आध्यात्मिक महत्वबारे धारणा राखे । यमरीलाई पञ्चतत्वको प्रतीक मानिने प्रचलन, यसको बनावट, प्रयोग हुने सामग्री र ‘यः’ अर्थात मनपर्ने तथा ‘मरी’ अर्थात रोटी/मिठाई भन्ने अर्थसमेत उनले स्पष्ट पारे ।

नेवार समुदायको कृषि-प्रधान जीवनशैलीसँग जोडिएका विभिन्न चाडपर्वमध्ये यमरी पूर्णिमा विशेष मानिन्छ । मार्ग शुक्ल पूर्णिमामा मनाइने यो पर्व स्वादिष्ट यमरी पकवानसँग घनिष्ठ रूपमा जोडिएको छ ।

पूर्वी पहाडी क्षेत्रमा किराँत समुदायले यस दिन उभौली पर्व मनाउँछन् भने उपत्यका र बाहिरी क्षेत्रका नेवार तथा ज्यापु समुदायले यसलाई सांस्कृतिक दिवसका रूपमा मनाउने परम्परा छ ।

खसआर्य समुदायमा पनि यस दिन कुलपूजा तथा देवाली पूजा गर्ने चलन छ । झी पुचः विराटनगरले नेवार सांस्कृतिक पहिचान जर्गेना गर्ने निरन्तर प्रयासस्वरूप हरेक वर्ष यमरी स्टल सञ्चालन गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!