गोमा ढुंगाना/संगालोखबर

विराटनगर । देशभरका सरकारी अस्पतालका ओपीडी अब सार्वजनिक बिदाको दिन पनि खुला हुने भएका छन् । शनिवार बाहेक धेरैजसो सार्वजनिक बिदामा ओपीडी खुला गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई मङ्गलबार निर्देशन दिएको हो ।

Advertisement

त्यसअघि भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाको दिन पनि सबै प्रकारका सेवा सुचारु गर्न/गराउँन भनेर स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही बमोजिम आवश्यक व्यवस्था मिलाएर स्वास्थ्य मन्त्रालयले सबै प्रादेशिक र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो ।

निर्देशनमा पर्व, जात्रा, सार्वजनिक दिवस, जन्मजयन्तीमा हुने सार्वजनिक बिदामा पनि ओपीडी खुला गर्न भनिएको छ । अब रामनवमी, चण्डीपूर्णिमा, उँभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, उँभौली, योमरी पुन्हि, तमु ल्होसार, माघी पर्व, सोनम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इद, बकरइद जस्ता पर्वमा ओपीडी बन्द हुने छैनन् ।

गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा पनि सबै सरकारी अस्पतालका ओपीडी खुला हुनेछन् ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई पनि यो विषयमा सूचित गरेको छ ।

बिदाका दिन स्वास्थ्य संस्थाहरूमा सामान्य दिन सरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!