इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा
बग्दाद, १५ फागुन । इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ ।
इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो ।
...































