धनकुटाको महालक्ष्मी नगरले कोरोना संक्रमितलाई २५ हजारसम्म उपचार खर्च दिने
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आईसीयूमा उपचार गराउँनुपर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार ...




























