संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बुधबार २९७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २/२ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरका १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ६५ पुरुष छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७/७, उर्लाबारी र ग्रामथानमा ३/३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १/१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४/४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १/१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २ संक्रमित भएका छन् । त्यस्तै, धनकुटाको धनकुटा नगरपालिकाका २ जनामा संक्रमण देखिएको छ । इलामको चुलाचुली र स्थानीय तह नखुलेका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ । जसमध्ये १२ हजार १ सय १ जना निको भएका छन् ।

यसैबीच बुधबार प्रदेश १ का ४२२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २३४ जना कोरोनामुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, काली सदन आईसोलेसन र बैजनाथपुर आईसोलेसनबाट ७/७, नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट ६/६ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै, धाईजन आईसोलेसन केन्द्र र न्यूरो अस्पतालबाट ४/४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट ३/३, कोभिड १९ आईसोलेसन अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २/२, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १/१ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!