संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं. १ मा आईतबार ३३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३/३, धनपालथान, ग्रामथान र रंगेलीमा २/२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १/१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै झापाको दमकमा ३७, कमल गाउँपालिकामा १०, विर्तामोड र गौरादहमा ४/४, कनकाई, शिवसताक्षी र मेची नगरमा २/२, भद्रपुर, बुद्धशान्ति, बाह्रदशी र अर्जुनधारामा १/१ र स्थानीय तह नखुलेका ४ जनाको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको इटहरीका २८, इनरुवाका १०, धरानका ६, रामधुनीका ३, कोशी गाउँपालिकाका २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीका १/१ जनामा संक्रमण देखिएको हो ।

यता उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी धनकुटा नगरपालिकाका ४ र महालक्ष्मीका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, तेह्रथुमको आठराई र भोजपुरमा १/१ जना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ५३२ पुगेको छ ।

प्रदेश १ मा आज २४७ जना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १९७ जना निको भएका छन् । त्यस्तै होटल एशियाटिक आईसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!