संगालोखबर सम्वाददाता

धनकुटा । बहुविवाह मुद्दामा दोषी ठहर भएको तीन बर्षपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का महेन्द्र थापालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा टर्की पुगेका ३६ बर्षीय थापा त्यहाँबाट घर फर्किएको भोलिपल्टै पक्राउ परेका हुन् ।

Advertisement

बहुविवाह गरेका थापाबिरुद्ध उनकी जेठी श्रीमति एलिनाले मुद्दा दायर गरेकी थिईन् । जिल्ला अदालत धनकुटाले उनलाई बहुविवाह मुद्दामा दोषी ठहर गर्दै ०७४ कात्तिक १५ गते १ बर्ष कैद र ५ हजार जरिवानाको सजाय सुनाएको थियो ।

यसबिचमा उनी बैदेशिक रोजगारीको शिलसिलमा टर्की पुगेका थिए । टर्कीबाट शनिबार साँझ घर आईपुगेका थापालाई आईतबार बिहान प्रहरीले घरबाटै नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रवक्ता ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

अदालतले दोषी ठहर गर्दै सजाय सुनाएकाले थापा प्रहरीको फरार सूचिमा थिए । विदेशबाट घर आईपुगेको थाहा पाउँनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो । थापालाई पक्राउ गरेर प्रहरीले जिल्ला अदालतमा बुझाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!