रासस
सांकेतिक तस्बीर

सुनसरी । छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए । छोरा दिल साह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय मियाँलाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो ।

माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन ०६६ मङ्सिर २२ गते ससुराली घरमा गएका मियाँले श्रीमतीसँग वादविवाद भएपछि छोराछोरीलाई लिई घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि तीन महिनाको छोरा दिल साहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।

मियाँकै श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कात्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!