विराटनगर । प्रदेश १ मा सोमबार २४६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम, ओखलढुङ्गामा २/२ र धनकुटा, भोजपुर, ताप्लेजुङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २/२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६/६, सुन्दरहरैचामा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे, ग्रामथानमा १/१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यता झापाको विर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३/३, बुद्धशान्तिमा २, भद्रपुर, गौरीगञ्ज, बाह्रदशी र झापा गाउँपालिकामा १/१, तथा स्थानीय तह नखुलेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको छथर र म्याङलुङमा १/१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १/१, इलामको सुर्योदय र स्थानीय तह नखुलेका १/१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १ र ताप्लेजुङमा १ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ ।
प्रदेश १ मा आज ४४९ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ४१५ जना निको भएका हुन् । त्यस्तै मेची अस्पतालबाट २, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, होटल एशियाटिक आईसोलेसनबाट १/१ र इटहरी आईसोलेसन केन्द्रबाट १३ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।